0

What if Siddhartha Gautam was Raised a Poor? (सिद्धार्थ गौतम गरीब परीवारमा जन्मिएका भए?)

अस्वीकरण: यो लेख केवल मेरो बुझाई मात्र हो, कुनै समुदाय वा धर्मप्रति आस्था राख्ने मानवहरुलाई होंच्याउन वा उहाहरुको आस्थामाथि धावा गर्न लेखिएको लेख होइन। कदम्कदाचित तपाइको मनमा त्येस्तो धारणा पलाए अज्ञात, अशिक्षित, र अज्ञानी सम्झी क्षमा गरिदिनु होला।

२५६३ बौद्ध युग अघि सिद्धार्थ गौतम एक क्षेत्रीय परिवार तथा शाक्य राजवंशमा जन्मिएका राजा शुद्धोधनका र रानी मायादेवीका पुत्र थिए। क्षेत्रीय राजपरिवारका युवराज भएका कारण उनलाई सानैदेखि युद्धकलाका एक महारथ बनाइसकिएको थियो। अनि राजकीय सुखसयलमा उनलाई एती धेरै सुबिधा दिइएको थियो की उनलाई कहिल्यपनि दरबार बाहिर जाने आवश्यकता परेन। बाल्यकाल देखि नै सिद्धार्थले एकदम सुखसयलको जीवन बिताएका एक युवराज थिए। दुख, पिडा, रोग, मृत्यु जस्ता बिषयमा उनि अबोध थिए। उमेर बित्दै गएपछि दरबारको चार किल्ला पारीको संसार जान्ने इच्छाले उनलाई क्रमश: दुख, रोग, अनि मृत्युको बोध गराएपछि आफुले माया गरेको सबै वस्तु अनि जीवन एकदिन नष्ठ भएर जाने कुराले उनि ब्याकुल बने। यसबाट मुक्त हुने उपाए खोज्न उनि आफ्नो सर्वस्व त्यागेर छ वर्षको कठोर तपस्या पछि बुद्धत्व प्राप्त गरे र आज उनलाई बुद्ध धर्मको संस्थापक भनेर पुजा गर्ने गरिन्छ।

वनवास गएका राम पनि एक युवराज थिए, कारागारमा जन्मेर जन्म अघिनै आफ्नै मामाले मृत्युको ताण्डव देखाउने कृष्ण पनि एक राजा कै पुत्र थिए, अनि बुद्ध पनि। तर तिनै महान गुरुहरुले केहि न केहि जीवनका आधारभूत ज्ञानहरुको बीज रोपेर यस धर्ती छाडेका छन्।

संसारमा दुख र पिडा हुन्छ भनेर राजकुमार सिद्धार्थले त आफु २८ वर्ष कटेपछि मात्र अनुभव गरे। तर यदी बुद्ध राजपरिवारमा नभई भौतिक सुख सुविधाले बन्चित कुटीमा जन्मिएका भए के हुन सक्थियो? जन्मदेखि नै राजकीय सुखसयलको सट्टा कष्ठ र पिडामा हुर्कन परेको भए? आफ्नो युवा अवस्थाको दिनभरको समय युद्धकला र अन्य ज्ञानका कुराहरु सिक्ने मौका नपाई परिश्रम गर्न परेको भए? बिहान बेलुकीको छाक टार्न मजदुरी गरेर आफ्नो परिवारको पालनपोषण गर्न परेको भए? राजा नभई एक मामुली किसानको घरमा जन्म लिएका भए? सानै देखि रोग, मृत्यु अनि दुख भोग्न परेको भए? के उनलाई आफ्नो मनको कौतुहलता अनि आफु भित्र उब्जेको प्रश्नका उत्तर खोज्न आफ्नो मातापिता, श्रीमती, अनि नाबालक छोरालाई छाडेर जान सक्थ्ये होला? सर्वप्रथम त के उनीलाई दुख, पिडा, रोग अनि मृत्युको विकल्प के रहेछ भनेर सोच्ने र त्येस प्रश्नको उत्तर के होला र भनेर सोच्ने समय नै मिल्थ्यो होला र?

मानव जाति मात्र एउटा एस्तो विवेकशील जति हो जसले एस धर्तीमा बाँच्नका लागि भौतिक वस्तुहरुको निर्माण गरी त्येसको सट्टामा आफूलाई अल्छी र काम नलाग्ने बनाउने कार्यहरुमा अल्मलिन्छ। तर कुरा यहाँ बुद्ध बन्ने, वा त्याग गरेर हिड्ने वा नहिड्ने को हैन। कुरा जोगी वा भिक्क्ष्यु बन्ने पनि हैन। कुरा यहाँ बुद्ध बाट सिक्ने ज्ञानको हो, जस्को लागि कसैलेपनि उनीजस्तै त्याग गर्न जरुरी छ भन्ने मलाई लाग्दैन।

मानव निर्मित भौतिक सुख सुबिधा पाएका राजकुमारले दरबारभित्रको सबै सुविधाहरु लिई दिक्क भएपछि अनि आफुले सिक्नपर्ने सबै कुरा सिकेको जस्तो अनुभव भएपछि सिद्धार्थ आफ्नो दरबारबाट बाहिर निस्किएका थिए। आफ्नो मातापिता अनि श्रीमती र बच्चालाई आफु बिलिन भएर पनि सुबिधाहरुको कमि नहुने अनुभव गरेपछि र दरबारको क्षणभारको सुख बिलिन हुने कुरा बोध भएपछि उनी आफ्नो बाटो आफै खोज्न तर्फ़ लम्किए। बुद्ध हुन अघि त उनी केवल एक सामान्य मानव थिए, एक राजकुमार मात्र। आफु गएपनि केहि समय दुख भएतापनि राजदरबारको सुविधाहरुले केहि हदसम्म दुख निर्मुल हुन्छ होला भन्ने भानमा उनि आफ्नो बाटो लागेका होलान्।

कुनै कुरा अत्यधिक मात्रामा ग्रहण गरे नकारात्मक असर गर्ने गर्छ। गुलियो चिनी धेरै खाए तितो हुन्छ, गाँजा धेरै सेवन गरे दिमाग जहिल्ये चिन्तित हुन्छ। त्येस्तै युवराज सिद्धार्थले पनि अत्यधिक भौतिक सुविधाहरुमा लुप्त भई दुख नभोगेकाले सबैकुराको त्याग गरेका हुन पर्छ। उनीसंग उनका वरिपरीका अन्य मानवहरु भन्दा धेरै विशेषाधिकारहरु थिए। राजदरबारको सुख उनलाई अत्यधिक मात्राको चिनी सेवन सरह थियो।

पृथ्वीको आजको समयमा धेरै युवराज सरह बाँच्न सक्ने मानवहरु छन् र बाँचिरहेका पनि छन्। आफ्नो भौतिक सुविधाहरुबारे धेरैलाई गर्वपनि लाग्दछ होला। आफ्नो आफ्नो कर्म अनुसार सबैले आफ्नो भागको फल पाएकै होलान्। यदी तपाई आफ्नो वरिपरीको वातावरणमा आफ्नो भौतिक सुखकै आडमा अरुमाथि स्वमित्व जामाउन खोज्नु हुन्छ वा अरुलाई आफ्नो अधिनमा राख्न चाहनु हुन्छ भने त्यो असल कर्म होइन। आफूसंग सुबिधाहरुको विशेषाधिकारहरु छन् भने त्येसलाई कसैको हीतका निम्ति प्रयोग गर्नुहोस्। राजामहाराजाहरुले मात्रै किन गुरुहरुका निम्ति आश्रम बनाए? किनभने जीवन व्यतित गर्न चाहिने आधारभूत आवस्यकता पुरा भएपछि अरुको हितका लागि हिटीहरु बने, पाटी-पौवाहरु बने, सार्वजनिक बिश्राम स्थल अनि सबैका लागि बसोबास गर्ने स्थलहरु बने। एस्त कार्य गर्न बुद्ध झैँ त्याग गर्न पर्दैन। आफ्नो दक्क्षता अनुसार र आनन्द मनले निस्वार्थ भावना बोकी कर्म गर्नुहोस्। सबैको जीवनमा तपाइको जस्तो सुबिधा नहुन सक्छ, अनि सबैको जीवनमा तपाइको जस्तो कर्म गर्ने क्षमता नहुन सक्छ। तपाइले जे उर्जा आफ्नो वातावरणमा दिनुहुन्छ, त्येही उर्जा तपाइलाई फिर्ता आउने छ।
“एकदिन सबै छाडेर जन पर्छ” र यदी यो भावनाले तपाइलाई “आफ्नो समयको सदुपयोग गर्न पर्छ” भन्ने भावना मनमा पलाउछ भने आफ्नो कर्ममा विस्वास राख्नुहोस् र निस्वार्थ भावनाले आफ्नो वरिपरी सबैका निम्ति प्राथना र प्रेरणा दिनुहोस्।

बुद्ध, कृष्ण, राम, यशु, मुहम्मद, सबै हाम्रा गुरु हुन्। इनिहरुबाट सिक्ने कुराहरु धेरै छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top
Close Bitnami banner
Bitnami