0

बच्चा हुर्काउँदै हुनुहुन्छ,
परजीवी हैन।

यो पृथ्वीमा एउटा नँया जीवनलाई स्वागत गर्नु भयो? बधाई छ। आफ्नो आँखा अगाडी हुर्किदै गरेको आफ्नो अमूल्य प्राप्तीलाई भविष्यमा के गराउने अनि बनाउने भन्ने सपना समेत देख्न थालिसक्नुभायो होला।आफ्नो बच्चाको शारीरिक विकासमा ध्यान दिएर उसलाई निएमित रुपमा आहार समेत दिदै हुनुहुन्छ होला, जुन ठीक पनि हो। तर के तपाईले उसको बौद्धिक विकासमा पनि उत्तिकै चाख राखी उसको बानीव्यहोरा अनि उसको वरिपरीको वातावरण निहालेर हेर्नु भएको छ?

The Child is father of the Man;

William Wordsworth

प्राय: हामी मनमा डर बोकेर आफ्नो बच्चालाई मार्गदर्शन गराई रहेका हुन्छौ। “सानै छ, बुझ्दैन, कलिलै छ,” जस्ता उत्तर आउने गर्दछ यदी कसैले केहि सोधे। “मेरो बच्चा लडी पो हाल्छ की? उसले खराब खानपान गर्यो की? उसले गलत संगत पो गर्दै छ की? मेरो बच्चाले नसक्ने पो हो की?” यस्ता प्रश्नहरुले आफ्नो डरलाई आगो दिएर आफ्नो बच्चाको हरेक कदमलाई रोक्दै हुनुहुन्छ भने तपाइले आफ्नो बच्चाको बौद्धिक विकाशमा ठूलो बाधा पुर्याउँदै हुनुहुन्छ। माफ गर्नुहोला तर डरको आधारमा गरिएको मार्गदर्शन भित्र केवल अनुमानहरु, अपेक्षाहरू, र निर्णयका आधारहरु लुकेका हुन्छन्। तपाईले चाहेर वा न चाहेर आफ्नो इच्छा र आकांक्षाहरु कलिलै उमेर देखि आफ्नो बच्चाको मनमस्तिष्कमा लाद्ने काम गर्दै हुनुहुन्छ।

एउटा परेवाले आफ्नो बच्चालाई उचाईबाट धकेल्छ। के त्यसको मतलब उसले आफ्नो बच्चा मार्न खोजेको हो? होइन, कदापी होइन! उसले आफ्नो बच्चालाई उड्न सिकाँउदै छ!

भन्नुको अर्थ के म आफ्नो बच्चालाई छाडा छोडौं त अब?

तपाईको मनमा यो प्रश्न उब्जनु भनेको नै तपाईको सोंचमा नै प्रथम परीवर्तन आउन जरुरी छ भन्ने संकेत हो! बच्चाको मार्गदर्शन गर्दा मनमा डर होइन, खुसी बोकेर मार्गदर्शन गर्नुहोस्! जब तपाईको बच्चा भर्खर टुकू टुकू हिंड्न सिक्दै थियो, त्येसबेला के ऊ लड्दा उसलाई त्येसपछि कहिल्यै पनि हिंड्न दिनु भएन र? तपाइको बच्चा लडेन भने उसले कहिल्यै पनि राम्रोसंग बाटो हिंड्न सक्तैन। तपाइको बच्चाले खराब खानपान गरेन भने उसले कहिल्यै पनि मिष्ठान्न भोजनको सम्मान गर्न जान्दैन। तपाइको बच्चालाई उसको बुद्धि विवेकले अघि बढ्न दिनुभएन भने उसलाई कहिल्यै पनि अघि बढ्न हिम्मत आउँदैन। 

गलत संगत के हो? यदि तपाइले आफ्नो बच्चालाई उसको क्षमता अनूरूप अघि बढ्न रोक्दै हुनुहुन्छ वा उसको क्षमतामा प्रश्न गरेर “आफुले भनेको गरेन, त्येसैले अघि बढ्न सक्दैन।” जस्ता सोंच पाल्नुहुन्छ भने तपाई आफै नै आफ्नो बच्चाको गलत संगत हो। कतै बाल्यकालमा आफूले नगर्नु भएका अनुभवहरु बाट आफ्नो बच्चालाई पनि त बंचित गरीराख्नु भएको त छैन? कतै आफुले देखेको र भोगेको संसार मात्र संसार हो, त्यो बाहेक अरु संसार कुनै छैन भन्दै आफ्नो बच्चालाई छायामा त धकाल्दै हुनुहुन्न? यदि त्येस्तो गर्दै हुनुहुन्छ भने तपाई आफै नै एक गलत संगत हुनसक्नु हुन्छ। आफ्नो डरलाई मायाले ढाकेर उसको संसारको परीधि त कतै खुम्च्याउँदै हुनुहुन्न? मायाको नाममा आफ्नो बच्चालाई कतै उसले आफ्नो क्षमता अनुसार पाउन सक्ने अवसरहरु बाट वन्चित त गर्दै हुनुहुन्न? 

आफ्नो हातमा चुरोटको ठुट्टो समातेर उसले चुरोट तान्यो भन्दै उसलाई दाउराले हिर्काउन अघि स्मरण गर्नुहोस्, “कतै सुरुमा उसले चुरोट तानेको देख्ने व्यक्ति मै त हैन?” कुनैपनि मानिस आफ्नो वरीपरीको वा सबैभन्दा नजिकको पाँच व्यक्तिहरुको बानीव्यहोराको औसतबाट सजिएको व्यक्ति बन्दछ। हरेक बच्चा जन्मन साथ दुई गुणहरु लिएर जन्मिन्छ: अनुसरण गर्ने र नक्कल गर्न। सास फेर्नलाई त उसले जन्मेदेखि नै संघर्ष गर्छ नि! तपाई मान्नुस या न मान्नुस, तपाइको हरेक बानीव्यहोरा सानैदेखि तपाइको बच्चाले अनुसरण गर्ने र नक्कल गर्ने गर्दछ। अनि उसलाई रुझाएको उसको वरिपरीको अरु ३-४ जना व्यक्तिहरुको पनि उसले नक्कल र अनुसरण गर्ने गर्दछ। अनि त्यसरी बन्ने गर्दछ तपाइको बच्चाको प्रारम्भिक चरित्र अनि आचरण। यसरी व्यक्तित्व विकाश हुँदै गर्ने क्रममा आफ्नो बच्चाले के कुरामा बढी ध्यान दिदै छ भन्ने कुरा बुझ्न खोज्नु जरुरी हुन्छ र त्यो कुराबाट उसलाई हुने दुवै किसिमको प्रभाव- राम्रो वा नराम्रो पक्षबारेमा जानकारी दिन जरुरी हुन्छ। आफ्नो धारणामात्र पस्किनुस तर, आफ्नो निर्णय लाद्न खोजी चै नहाल्नुस्। उसको कार्यहरु निहालेर हेर्न खोज्नुस्, हत्तर हत्तर आफ्नो डरको आधारबाट आउने रोकटोकलाई अघि नसर्नुस्।

एकचोटी आगो छुँदा आगोले पोलेर रोएको बच्चाले फेरीफेरी आगो छुने प्रयेत्न गर्दैन। तर अगो देख्नसाथ पोलिने डरले रोकेएको बच्चाले बारम्बार कौतुहलताकै कारण आगो छुन अघि लम्कन्छ। एकचोटी रुन दिनुस्, बारम्बार अगोसङ्ग खेल्ने मौका हैन।

संसारले भनेको सबै गलत गलत हुँदैन, संसारले भनेको सबै सही सही हुँदैन। आफ्नो बच्चालाई संसार बुझ्ने अवसर दिनुहोस्- गलती भए धैर्य धारण गरेर उसको गलती सच्याउने तरिका सिकाउनुहोस्। उसले सहि गलत छुट्यउन सक्ने भएको भए गलती नै हुँदैन थियो। समय अनुसार मानिसको विवेक बढ्दै जान्छ, अनि समय अनुसार मानिस मायाका विभिन्न रुपहरु खोज्दै हिंड्दछ। त्येसैले आफूजस्तो हैन एउटा बच्चा ऊ आफैजस्तो बन्ने मौका दिनुहोस्। यो कुरा अपाच्य भए स्मरण गर्नुहोस्: जमुल्याह शीशुहरु समेत एकै किसिमको हुँदैनन्, प्रकृतिले उनीहरुलाई समेत फरक फरक बनाएका हुन्छन्! पत्यार नलागे उनीहरुको डीएनए हेर्नुहोला कुनै दिन!

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top
Close Bitnami banner
Bitnami